मन्त्रिपरिषद् बैठक सकियो : केपी ओली प्रधानमन्त्रीबाट हट्लान ?
काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने जानकारी गराएका छन् ।
बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बतायो ।
अब प्रधानमन्त्री ओली सरकारबाट हट्लान ? कि रहलान ? विश्वासको मत लिने जानकारी संगै प्रश्न उब्जिएको छ ।
१९ वैशाख २०७८, आइतवार १८:२९ बजे प्रकाशित





