जेठ तेस्रो साता उपनिर्वाचन गर्न एमालेको प्रस्ताव
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारलाई जेठको तेस्रो साता उपनिर्वाचन गर्न सुझाव दिने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका निर्णय समेटेर तल्ला कमिटीमा जारी गरेको परिपत्रमा उपनिर्वाचनका लागि क्रियाशील हुन निर्देशन दिइएको छ ।
उक्त अपानिमा महासचिव ईश्वर पोखरेलले तयार पारेको सांगठनिक प्रतिवेदनमा तेस्रो साता उपनिर्वाचनको प्रस्ताव उल्लेख गरिएको छ ।
“निर्वाचन आयोगको सूचनाबमोजिम मतदाता नामावलीमा योग्यता पुगेका मतदाताहरुको नामावली समावेश गर्न सबै तहका पार्टी कमिटी तथा कार्यकर्ता कमरेडहरु योजना एवम् सक्रियताका साथ परिचालित हुने ।
उपनिर्वाचन यही जेठ महिनको अन्तिम सातामा आयोजना गर्न सरकारलाई सुझाव दिने । नियम–कानुनबमोजिम आयोजना हुने राष्ट्रियसभाको निर्वाचनको तयारीमा क्रियाशील रहने,” अपानिमा भनिएको छ ।
प्रतिनिधिसभामा चारसहित प्रदेशमा सांसद पद रिक्त भएका छन् । राष्ट्रियसभाको उपनिर्वाचन आउँदो जेठ ६ गते हुँदै छ ।
एमालेले असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने अपानिमा उल्खले छ ।
पार्टी सदस्यता नवीकरणका लागि निवेदनको नमुना, पार्टी सदस्यतापत्रको विवरण फारम र सदस्यतापत्रको नमुना पार्टी केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने बताइएको छ ।
१७ वैशाख २०७८, शुक्रवार १२:५० बजे प्रकाशित













