शिवाकोटी र अफ्रिकन गायिका बियोन्सेको ‘ल्यासी पाउ‘’ सार्वजनिक भिडियो सहित
संगीतकर्मी राजनराज शिवाकोटीले १२ वर्षअघि सिर्जना गरेको गीत ‘फुलबुट्टे सारी‘’ यतिबेला चर्चाको शिखरमा रहेको छ ।
मार्मिक लामाको स्वरको उक्त गीत १२ वर्षपछि एकाएक चर्चामा आयो ।
चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए । फिमेल भर्सन, चाइल्ड भर्सन हुँदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् ।
सबै भर्सनले सफलताको स्वाद पनि चाखेका छन् । त्यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी बियोन्से ।
नेपाल घुम्न आएको बेला ट्रेण्डिङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गाएको उनको तर्क छ ।
यो गीत ‘फुलबुट्टे सारी’ का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो बियोन्सेको चर्चा ।
उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् ।
‘ल्यासी पाउ‘’ बोलको गीतमा राजनराज शिवाकोटीसंग बियोन्सेले यूगल गायन गरेकी छिन् ।
मन्दिरा ढुंगेलले शब्द रचेको गीतलाई राजनराजले नै संगीत भरेका छन् ।
राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्से नै फिचर रहेका छन् ।
उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
१७ वैशाख २०७८, शुक्रवार १२:०३ बजे प्रकाशित













