युरो कपमा २६ खेलाडी राख्न  पाउने निर्णय 

कोरोना भाइरसलाई ध्यानमा राख्दै आगामी जुन–जुलाईमा हुने युरोकप–२०२० फुटबल प्रतियोगितामा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो ।

यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम रहेकोमा यस पटक कोरोना भाइरसलाई ध्यानमा राख्दै टिममा थप ३ खेलाडी राख्न दिने निर्णय यूईएफएले गरेको हो ।

यो निर्णयले महामारीका बेला खेलाडी र क्लबको लोड कम गर्न मद्दत पुग्ने जनाइएको छ ।

यूईएफए राष्ट्रिय टिम कमिटीले सोमबार उक्त निर्णय गरेको भएपनि यसले स्वीकृति पाउन भने बाँकी रहेको छ ।

यसअघि नै हरेक टिमले प्रतियोगितामा पाँचजना खेलाडी सब्स्टिच्युट गर्न पाउने निर्णय भइसकेको छ ।

कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म युरोपेली मुलुकका विभिन्न शहरमा हुनेछ ।

१७ वैशाख २०७८, शुक्रवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु