खुल्यो सिइडिबी हाइड्रोपावरको आइपिओ
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर आइपिओ आजबाट खुलेको छ ।
अंकित मूल्य १ सयका दरले कुल २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि हो ।
एक व्यक्तिले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सक्नेछन्। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ ।
आइपिओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
अनलाइन मेरो सेयरमार्फत सर्वसाधारणले घरमै बसेर आइपिओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ ।
कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ ।
१७ वैशाख २०७८, शुक्रवार १३:१० बजे प्रकाशित













