प्रि ओपनिङमा ९.२७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं तीन दिन बन्द भएर होली पछि खुलेको बजार बजार उकालो लागेको छ ।
आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.२७ अंकले बढेर २५५८.२३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४५०.७२ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३७ कम्पनीको ७२ लाख ११ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको छ ।
गत बिहीबार मात्र प्रि ओपनिङमा उकालो लागेको बजार बन्द हुँदा २१ अंकको गिरावटमा बन्द भएको थियो ।
१६ चैत २०७७, सोमवार १२:१६ बजे प्रकाशित