चीनले अनुदानमा दिएको कोरोना खोप काठमाडौ भित्रियो

चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।
चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमबार बिहान आइपुगेको हो ।
आइतबार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो । आज बिहान बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर खोप ल्याइएको हो ।
चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो ।
पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो ।
नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदान सहयोगमा उपलब्ध गराइसकेको छ ।
यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् ।
भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ ।
खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने बारे मन्त्रालयले अब तय गर्ने उनले सुनाए ।
रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ ।
एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
१६ चैत २०७७, सोमवार ११:४० बजे प्रकाशित