अमेरिकामा नयाँ मन्त्री बन्नको लागि सब्जेक्टमा एक्सपर्ट भएपनि हुने

अमेरिकी प्रेसिडेन्ट इलेक्ट जो बाइडेन २० जनवरी अर्थात् भोलि राष्ट्रपतिको शपथ लिँदैछन् ।

अमेरिकामा चुनाव र नयाँ सरकार गठनका लागि ११ हप्ताको ग्याप रहन्छ ।

यो बेला प्रेसिडन्ट इलेक्ट टीमले आफ्नो हिसावले एडमिनिस्ट्रेटिभ स्ट्रक्चर तयार पार्छ ।

मन्त्रीहरुलाई अमेरिकामा सेक्रेटरी भनिन्छ । १५ वटा मुख्य विभाग रहेका छन् । यसको नाम भावि राष्ट्रपतिले तय गर्दछ ।

अमेरिकामा क्याबिनेटको गठन गर्ने तरिका केहि फरक छ । राष्ट्रपति र उपराष्ट्रपति बाहेक १५ जना मन्त्री हुन्छन् ।

यी सबै क्याबिनेट मन्त्री हुन्छन् । पछि उनीहरुले अन्य अधिकारीहरुलाई राख्छन् ।

अर्थात् आफ्नो टीम बनाउँछन् । तर एउटा रोचक तथ्य यो छ कि, अमेरिकामा मन्त्री बन्नको लागि चुनाव जितेर सांसद बन्नैपर्छ भन्ने छैन ।

मन्त्री बन्नको लागि त्यहाँ केहि सब्जेक्टमा एक्सपर्ट भएपनि हुन्छ ।

केहि पटक त बिरोधी दलका नेतालाई समेत मन्त्री बनाइएको छ ।

अर्थात् राष्ट्रपतिले त्यो व्यक्तिलाई मन्त्री बनाउन सक्छन्, जो उनको नजरमा योग्य छ ।

६ माघ २०७७, मंगलवार ११:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु