चिसो बढ्दो : बागमती र गण्डकी प्रदेशमा आंशिक बदली

हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको विकास भएको देखिंदैन ।
आंशिकरुपमा पश्चिमी प्रणालीको प्रभावले तापक्रममा गिरावट आइ देशभर चिसो बढेको छ ।
काठमाडौंं उपत्यकाको आज विहान ६ बजेको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।
आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २ डिग्री सेल्सियस हुनेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्नेछ ।
हाल नेपालको पश्चिमी तराइ भू–भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु कुहिरो लागेको छ ।
तराईकै बाँकी भू–भागका केही स्थानहरुमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
३ पुस २०७७, शुक्रवार ०६:३४ बजे प्रकाशित