काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै, यी हुन् एजेण्डा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

शुक्रबार बिहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको काँग्रेस ससंदीय दल कार्यसमितिको कार्यालयले जानकारी दिएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएमाथि छलफल गरिने बुझिएको छ ।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेशका सम्बन्धमा संसदीय दलको छलफलबाट थप रणनीति बनाउने जनाएको थियो ।

बैठकमा संसद अधिवेशन बैठक बोलाउन सरकारलाई दबाब, सरकारका कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवकको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

३ पुस २०७७, शुक्रवार ०६:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु