एकाबिहानै भूकम्पको धक्का महसुस

भारतको दिल्ली तथा एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। ४.२ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु गुरुग्रामबाट ४८ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ।
यसअघि पनि २ डिसेम्बरका दिन सोही क्षेत्रमा हल्का भूकम्पको झड्का महसुस गरिएको थियो।
अप्रिलयता उक्त क्षेत्रमा १५ पटकसम्म भूकम्प गएको जनाइएको छ। भारतीय वैज्ञानिकहरुले दिल्ली र आसपासका क्षेत्रमा ठूलो भूकम्प आउनसक्ने चेतावनी दिएका छन्।
३ पुस २०७७, शुक्रवार ०६:४४ बजे प्रकाशित