प्रचण्ड गुट परित्याग गरेको बादलको घोषणा !
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकमा राम बहादुर थापा वादल गएनन् ।
वादल पूर्व माओवादी नेता हुन् । कुनै समय वादलले प्रचण्डको साथ छोडेर पार्टी फुटाएका थिए । पछि पुनः प्रचण्डकै पार्टीमा एकता गर्न आएर उनी गृहमन्त्री भएका हुन् ।
अहिले नेकपामा वादलले प्रचण्डले बोलाएको बैठकमा सहभागि नभएर आफु प्रचण्डको गुटमा नरहेको संदेश दिएका छन् । उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका छन् ।
नेकपाको अनौपचारिक सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल अनुपस्थित रहेका हुन् ।
प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् । गएको कात्तिक १६ को खुमलटार भेलामा भने बादल सहभागी भएका थिए ।
तर, कुनै पनि गुटको बैठकमा सहभागी नहुने भन्दै बादल धुम्बाराही गएनन् । हिजो प्रधानमन्त्रीसँग धुम्बाराहीमा भेला बोलाउने जानकारी प्रचण्डले दिएका थिए । यो धुम्बाराही छलफल सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न जाने तयारी रहेको बालुवाटार स्रोतले जनाएकोे छ ।
२१ कात्तिक २०७७, शुक्रवार १९:११ बजे प्रकाशित





