ओली सहमतिमा नआए एकलौटी अघि बढ्ने नेकपा सचिवालयको बहुमत निर्णय

ओलीलाई सामुहिक भेटेर चेतावनी दिने

बहुमत नेकपा सचिवालय बैठकले अब पनि केपी ओली बैठकमा बस्न नमाने उनलाई छोडेर अघि बढ्ने निर्णय गरेको छ ।

त्यसअघि भोली केपी ओलीलाई सामुहिक भेटेर चेतावनी दिने निर्णय गरेको छ ।

झलनाथ खनालले भने, पार्टी एकता बचाउन भोली विहान ९ बजे भेटेर पार्टी पद्धतीमा बस्न ओलीलाई सामूहिक रुपमा आग्रह गछौँ, मानेनन् भने, हामी एकलौटी रुपमा निर्णय गरेर अघि बढ्छौँ । पछि हटिदैन ।’

उनले ओली सहमतिमा नआउँदा बस्ने सचिवालय बैठकले पार्टी र सरकारका विषयमा स्वतन्त्र रुपमा निर्णय गर्ने र निर्णय कार्यान्वयन गराउने तर्फ ध्यान दिने बताए ।

उनले सचिवालय वैठकमा सरकार र पार्टीको समिक्षा भएको र पार्टी एकता बचाउन सबै एकमत भएको बताए ।

तर एकता बचाउन केपी शर्मा ओलीको हेपाई सहेर नबस्ने निष्कर्ष निकालेको उनले बताए ।

२१ कात्तिक २०७७, शुक्रवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु