नेकपा केन्द्रीय समिति बैठक एक महिना पर सर्‍यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ।

नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएको छ।

कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भदौ २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो।

 

१२ कात्तिक २०७७, बुधवार १३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु