सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज घटेको छ ।

आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ ।

७ कात्तिक २०७७, शुक्रवार १३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु