जातीय आधारमा प्रदेशको नाम राख्न नसकिएको भन्दै बाबुरामले मागे माफी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जातीरभाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदीरभूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति÷भाषाको पहिचानमा राख्न नहुने ?

भट्टराई थप प्रश्न गर्छन्, ‘‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

२१ असोज २०७७, बुधवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु