ब्वाइफ्रेण्डसँग मिलेर श्रीमानको हत्या, साढे दुई महिनापछि जंगलमा भेटियो कंकाल

नवलपरासी पूर्वमा श्रीमानको हत्या अभियोगमा एक महिलासहित दुई जना पक्राउ परेका छन्।
श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले सोमबार उनकी ३८ वर्षीया श्रीमती फु्ूलमाया सुगुरपाक र सोही ठाउँका ४० वर्षीय मेखबहादुर सुनारी मगरलाई पक्राउ गरेको हो। उनको असार २० गते राति हत्या भएको प्रहरीले जनाएको छ।
गैंडाकोट नगरपालिका–१८, हुर्चिल बस्ने ४२ वर्षीय धनबहादुर सुगुरपाक मगर असार २० गतेदेखि बेपत्ता थिए।
धनबहादुरसँग मिलेर उनकै श्रीमती फु्ूलमायाले आफ्नै घरमा सुतिरहेको बेला हम्मरले संवेदनशील अंगमा हानेको र डोरीले घाँटीमा बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या गरेपछि धनबहादुरको शव राति नै डोकोमा बोकेर सुन्दरी सामुदायिक वनमा लगेर गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
पक्राउ परेका दुई जनाको बयानका आधारमा शव गाडिएको ठाउँमा प्रहरीले खनेर हेर्दा सडेको अवस्थामा कंकाल फेला परेको हो।
उनीहरुलाई हिरासतमा लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
३० भदौ २०७७, मंगलवार २१:५२ बजे प्रकाशित