‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै

 

नेपालको पर्यटन एवं खेलकुद क्षेत्रको समष्टिगत प्रचारप्रसार एवं प्रवद्र्धनकालागि सूचना र समाचारको माध्यमद्वारा प्रचार गर्न ‘पर्यटन तथा खेलकुद नेपाल’प्रकाशनमा आउने भएको छ।

‘नेपाल पर्यटन विकास अनुसन्धान मन्च’को सहयोगमा मासिक रुपमा प्रकाशनमा आउन लागेको यस प्रकाशनमा नेपालको कला संस्कृति साँस्कृतिक प्राकृतिक विविधता नेपालको पर्यटन क्षेत्रको प्रचुर प्रचार गर्दै विश्वमा नेपालको पर्यटनलाई चिनाउने र यस क्षेत्रको समग्र विकासको साथै साहसिक खेलकुद्को एक गन्तब्य मुलक नेपाल बनाउने लक्ष्य लिएको छ ।

 

यस पर्यटन र खेलकुद नेपाल मासिकका प्रकाशक एवं सम्पादकमा प्रज्वल थापा रहेका छन ।

अंग्रेजी र नेपाली दुवै माध्यमबाट आगामी कात्तिक महिना देखि प्रकाशित हुने यस मासिकले प्रत्येक वर्ष नेपालको पर्यटन र खेलकुद बिधामा कलम चलाउने स्वदेशी पत्रकारहरु मध्य दुई जनालाइ सम्मान समेत गर्ने छ ।

विश्व महामारिको रुपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पर्यटन क्षेत्र गम्भीर अवस्थामा पुगेको वर्तमान अवस्थालाई समेत दृस्टीगत गर्दै यसले आगामी दिनमा नेपालको पर्यटन र साहसिक खेलकुद क्षेत्रलाई बिश्वमाझ प्रचार गर्दै थप उचाईमा पु¥याउन सहयोगी भुमिका खेल्ने लक्ष्य लिएको छ ।

३० भदौ २०७७, मंगलवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु