मुस्लिमको झण्डा जस्तो प्रतिमा फेसबुकमा राखेपछि जनकपुरमा झडप

जनकपुरधाममा सामाजिक सञ्जालमा स्थानीय मुस्लिम समुदायले मोहर्रम पर्वका लागि बनाएको दाहा झण्डा जस्तो देखिने प्रतिमाको तस्बिर राखेको निहुमा भएको विवादले झडपको रुप लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा एक हिन्दु युवाले मोहर्रमका लागि बनाइएको दाहाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई लिएर हिन्दु मुस्लिमबीच विवाद भएको हो।

केही दिन अगाडि हिन्दु युवाले दाहाको फोटो सामाजिक सञ्जालमा शेयर गरे लगत्तै मुस्लिम समुदाय सोही विषयलाई लिएर आक्रोशित भएको हो।

सो विवादमा शनिबार दुवै पक्षबीच केहीबेर पत्थरबाजी समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार बिहान सुरु भएको सो झडप नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि वार्ता भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरीले सो झडपलाई नियन्त्रणमा लिनका लागि झण्डै एक दर्जन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले भने ४ राउण्ड मात्रैअश्रु ग्यास प्रहार गरिएको बताए ।

यता मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले त्यहीँ रहेको एक पसलमा तोडफोड गरेका छन्।

२७ भदौ २०७७, शनिवार १६:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु