पत्रकारको नक्कली परिचपत्र बनाउनेमा कोरोना पुष्टि

सोमबार नक्कली प्रेसकार्ड बनाउँदै बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कालिका प्रिन्टिङ सपोर्टका सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो ।

पक्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

एसएसपी थापाले भने, ‘१९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।’

२४ भदौ २०७७, बुधवार २२:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु