यूईएफए नेसन्स लिगमा इटालीको पहिलो जित

यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीले जित निकालेको छ । सोमबार राति भएको खेलमा इटालीले नेदरल्यान्डलाई १–० गोल अन्तरले हराएको हो ।

नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा इटाली जित निकाल्न सफल भएको हो । इटालीका लागि निको बारेल्लाले निर्णायक गोल गरे ।

उनले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै इटालीका लागि निर्णायक गोल बन्न पुगेको हो ।

खेलमा १८ उत्कृष्ट सट प्रहार गरेको इटालीले एक गोल मात्र गर्न सफल भयो । इटाली उत्कृष्ट पोजिसनसँगै खेलमा कप्जा गरेर बसेको थियो । यता नेदरल्यान्ड भने खेलमा कमजोर देखिएको थियो ।

जितसँगै समूह एको इटालीले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेल बराबरी खेलेको इटालीले दोस्रो खेलमा जित निकालेको हो ।

पराजित नेदरल्यान्ड ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

२३ भदौ २०७७, मंगलवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु