सामुहिक बलात्कार अभियोगमा दुईजना पक्राउ

सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउन पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन ।
दुवै हिजो साँझ पक्राउ परेका हुन ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ ।
१९ भदौ २०७७, शुक्रवार १०:०७ बजे प्रकाशित