काठमाडौंको स्वयम्भुमा ग्याङफाइट, चार युवा घाइते

स्वयम्भुमा ग्याङफाइट हुँदा ४ जना घाइते भएका छन् ।

गतराति ढुङ्गेधारा र रानीवनका दुई समूहबीच रानीवनमा झडप हुँदा ४ जना घाइते भएका हुन ।

ग्याङफाइट हुँदा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् ।

उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ग्याङफाइटमा प्रत्यक्ष संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका दुईजनालाई मनमोहन अस्पतालमा मेडिकल गर्न लैजाँदा पुनः अस्पतालमा पनि झडप भएको थियो ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

१९ भदौ २०७७, शुक्रवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु