आज प्रचण्ड र ओलीबीच भेट हुँदै, कार्यदल प्रंतिवेदनमाथि छलफल

आज नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष्ँद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

भेटमा नेकपा ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिवार नै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका थिए ।

नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त प्रतिवेदनले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ ।

एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।

प्रतिवेदनमा के छ ?

प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

तर, प्रतिवेदनमा पूर्ववत् सहमति प्रधानमन्त्री ओलीले भंग गरेको निष्कर्ष निकालिएको छ ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

प्रतिवेदनमा मूलतः २०७६ मंसिर ४ को सहमतिलाई पुनर्व्याख्या गरिएको छ, कार्यकारी अध्यक्षका कामलाई प्रधानमन्त्री ओलीले हस्तक्षेप नगर्ने गरी व्याख्या गरिएको छ । कतिपय विषय गत साउन ३ मा अध्यक्षद्वयका बीचमा भएका सहमति पनि छन् ।

साउन ३ मा मंसिरमा पार्टीको अर्ली महाधिवेशन गर्ने र महाधिवेशनमा ओलीले दाहाललाई सघाउने सहमति भएको थियो । अहिले तयार भएको सहमतिको मस्यौदामा भने पार्टीको महाधिवेशन केन्द्रीय कमिटीको गत माघको बैठकले तोकेको मिति चैतमै गर्ने उल्लेख छ ।

सहमतिमै एकताको महाधिवेशन गर्ने समझदारी बनेको भए पनि पूर्वएमालेहरू मिलेर आफूलाई एक्ल्याउने वा पूर्वएमालेबाटै अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर अप्ठ्यारोमा परिने हो कि भनेर दाहाल सशंकित थिए ।

कार्यदलका एक् सदस्यले भने, ‘बहुमतीय पद्धतिमै जाने स्थिति बनेछ भने प्रधानमन्त्री ओलीले दाहाललाई समर्थन गर्ने अनौपचारिक अन्डरस्ट्यान्डिङ छ ।’

एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने भएपछि सरकारको बाँकी कार्यकाल प्रधानमन्त्री ओलीले नै चलाउने प्रस्ताव प्रतिवेदनमा छ ।

तर मन्त्रिपरिषद् भने पुनर्गठन हुनेछ ।

त्यस्तै प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको अन्तिम बैठकले पार्टीभित्र उठेका विभिन्न विषयवस्तुलाई मसिनो गरी छलफल गर्दै अन्तिम रुप दिएको थियो ।

गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।

बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेपछि विवाद थप चर्किन पुगेको थियो ।

नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

सोही विवादले पार्टी नै फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा निकास खोज्दै सहमतिमा अघि बढ्न ओली प्रचण्ड सहमत बनेका थिए ।

कार्यदल प्रतिवेदनका मुख्य अंश यस्ता छन्

पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने ।

पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने

कार्यविभाजन स्पस्ट पार्नुपर्ने

पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।

नेकपा कार्यदलको प्रतिवेदन स् पार्टीमा ओलीको अधिकार सेरेमोनियल बनाउने प्रस्ताव

राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम

एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने

सरकारको काम कारवाही प्रभावकारी बनाउने

संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।

प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने

नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने

कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान

बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने

शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने

एमसीसीबारे राष्ट्रिय हितमा जोड

एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

८ भदौ २०७७, सोमवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु