६ सदस्यीय कार्यदलले नेकपा अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन
केके छ त ? ३७ बुँदे प्रतिवेदनमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बनाएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएका छन् ।
शनिवार अपरान्ह ४:४५ बजे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाप्रेस सएको प्रधानमन्त्रीका ल्लाहकार सुर्य थापाले जानकारी दिए ।
शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिवारनै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।
नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ ।
कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको हो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।
६ भदौ २०७७, शनिवार १७:२७ बजे प्रकाशित