७ वर्षपछि बायर्न फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

सर्जि नाब्रीको दुई गोल मद्दतमा लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलको लिस्वनस्थित जोस अल्भालेड स्टेडियममा बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो ।

बायर्न २०१३ पछि पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुगेको हो । बायर्नले अब उपाधिका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग खेल्नेछ । पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई पराजित गरेको थियो ।

लियोनले खेलको सुरुवातमै गोलको अवसरहरु बनाए पनि गोल गर्न नसक्दा अग्रता लिने अवसर चुकायो । बायर्नले भने मौका गुमाएन ।

१८औं मिनेटमा सर्जी नाब्रीले उत्कृष्ट गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३३औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेल सकिन दुई मिनेट अघि रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले ३(० को जित हात पारेको हो ।

बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

४ भदौ २०७७, बिहीवार ०८:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु