आजको मौसम : पहाडी क्षेत्रमा सामान्य बदली, केही स्थानमा बर्षा

हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका बाँकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागहरुका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू–भागहरुका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२० फागुन २०७७, बिहीवार ०६:३० बजे प्रकाशित