भुटानमा सत्ता कब्जाको प्रयास, नेपालले पनि केही सिक्ने कि ?

भुटानमा सर्वोच्च अदालतका एक बरिष्ठ न्यायाधीश, एक शीर्ष सैनिक अधिकारी र एक जिल्ला अदालतका न्यायाधीशलाई हिरासतमा लिइएको छ ।

उनीहरुमाथि भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष कानुन अधिकारीलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोप छ । अब यस विषयमा अनुसन्धान भइरहेको छ र हिरासतमा लिइएका व्यक्तिहरुसँग सोधपुछ चलिरहेको छ ।

भुटानको सरकारी अखबार कुएन्सेलका अनुसार भुटान पुलिसले बुधबार सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश कुएन्ले छिरिङ र पेमागात्सेल जोंगखाग प्रशासनिक इकाइका ड्रांगपोन येसे दोर्जीलाई हिरासतमा लिएको हो । यो कारवाही पूर्व रोयल बडीगार्ड कमाण्डेन्ट थिन्ले तोबगीलाई हिरासतमा लिएपछि गरिएको छ ।

रिपोर्टअनुसार यी तीनै जनालाई अदालतमा पेश गरिएको छ । अदालतले तीनै जनालाई जमानतमा छाड्न अस्वीकार गरेको समाचारमा जनाइएको छ ।

केही समयअघि खान्दु वाङमो नामकी यी महिलालाई पक्राउ गरिएको थियो । यी महिलाले षड्यन्त्रबारे कैयौं खुलासा गरेकी थिइन् । यी महिलाका अनुसार रोयल बडीगार्डका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अटर्नी जनरल वा रजिस्ट्रार जनरललाई अपदस्थ गर्ने षड्यन्त्र भइरहेको थियो ।

८ फागुन २०७७, शनिवार ०८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु