फाइजर र बायोन्टेकले बनाएको कोभिड १९ विरूद्धको खोप ९० प्रतिशत सुरक्षित

अमेरिकी औषधि निर्माता कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरुद्धको खोपले कोरोना लाग्नबाट मानिसलाई ९० प्रतिशतसम्म जोगाउने अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा आफ्नो खोप सुरक्षित भेटिएपछि यी कम्पनीले विज्ञान र मानवताको लागि उत्कृष्ट दिन भएको बताएको छ ।
६ देशका ४३ हजार ५ सय व्यक्तिमा गरिएको परीक्षणमा कसैमा पनि खोपले नकरात्मक असर नगरेको जनाइएको छ ।
यससँगै दुई कम्पनीले यस खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति प्रदान गर्ने विषयमा जोड दिन थालेका छन् ।
यसै महिनाको अन्त्यदेखि खोप प्रयोका लागि अनुमति प्रदान गर्न यी कम्पनीले निवेदन गर्न लागेका छन् ।
फाइजरका अनुसार यसवर्षको अन्त्यसम्ममा उनीहरुले विश्वभर ५ करोड खोप वितरण गर्न सक्दछन् ।
साथै सन् २०२१ को अन्त्यसम्ममा कम्पनीले एक अर्ब ३० करोड खोप विश्वभर वितरण गर्नसक्ने फाइजरको भनाइ छ ।
२४ कात्तिक २०७७, सोमवार १९:३४ बजे प्रकाशित