चीनले बनायो लडाकु ड्रोन, ग्रिनेडदेखि मिसाइलसम्म प्रहार गर्न सक्छ

चीनले सेनालाई अत्याधुनिक उपकरणहरुले सुसज्जित बनाउने होडमा अघि बढिरहेकोे छ ।

यही क्रममा फाइटर ड्रोन बनाएको समाचार आएको छ । चीनले बनाएको लडाकु ड्रोनमा ग्रिनेड लन्चर र गाइडेड मिसाइल सिस्टम जडान गरिएको छ ।

चीनको सरकारी मिडिया सिसी टिभीले यो लडाकु ड्रोनको भिडियो सार्वजनिक गरेको छ । यो ड्रोनलाई चीनको हरवर नामक कम्पनीले चिनियाँ सेनाका लागि निर्माण गरेको हो । द सन पत्रिकाले जनाए अनुसार दक्षिणी चीनमा भएको युद्ध अभ्यासका क्रममा यो ड्रोनको प्रयोग गरिएको थियो ।

यो ड्रोनको नाम श्जबलाग ज्ज्ञट(ख्ज्ञद्द राखिएको छ । अंग्रेजीमा यसको नाम ध्बच ब्हभ राखिएको छ । यो ड्रोन ५ हजार ८ सय मिटरको उचाईसम्म उड्न सक्छ ।

यसले २५ केजीसम्मको भार बोक्न सक्छ । यो फाइटर ड्रोन ६४ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

समाचारमा भनिए अनुसार यो ड्रोनले ६० किलोमिटर प्रति घण्टाको गतिमा बहेको हावालाई सजिलै सामना गर्न सक्छ ।

यो ड्रोनले माइनस ४० डिग्री सेल्सियस देखि ८५ डिग्री सेल्सियससम्मको गर्मी सहँदै निश्चित टार्गेटसम्म पुगेर आफ्नो काम पुरा गर्न सक्छ । विज्ञहरुका अनुसार चीनले पछिल्लो समय सैन्य खर्च बढाउँदै लगेको छ ।

आउने केही बर्षमा चीनको सैन्य बजेट अमेरिकाको भन्दा बढी हुने विज्ञहरुले अनुमान ब्यक्त गरेका छन ।

चीनसँगको विवादबीच भारतीय वायुसेनाले सुरु गर्‍यो युद्ध तयारी

१९ असोज २०७७, सोमवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु