चीनसँगको विवादबीच भारतीय वायुसेनाले सुरु गर्‍यो युद्ध तयारी

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् ।

सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन-७६ एस र सी-१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ ।

यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ ।

यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ ।

वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ ९सीडीएस० जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन् ।

एलएसीमा सेनाको ट्याङ्क पुग्यो

लद्दाख क्षेत्रमा तैनाथ वायुसेनाका एक वरिष्ठ कमान्डरले भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा वायुसेना हेडक्वार्टरको आदेश अनुसार लद्दाख क्षेत्रमा तैनाथ सेना र अन्य सुरक्षा बललाई जे जति आवश्यकता छ, त्यो पुर्याउनु पर्ने जानकारी दिए ।

एलएसी नजिकै सेनाका ट्याङ्क पनि युद्धाको तयारीका लागि पुगिसकेका छन् । त्यहाँ वायुसेनाका चिनूक र एमआई–१७ वी ५ एस हेलिकोप्टर तैनाथ गरिएका छन् ।

यसले एलएसीमा लगातार उडान भरिरहेको छ ।

१९ असोज २०७७, सोमवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु