सेनाको विमान युक्रेनमा दुर्घटना कम्तीमा २५ को मृत्यु

युक्रेनको सेनाले एएन२६ नामको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको जनाएको छ ।

चुगुएभ शहर बाहिरको मैदानमा ओर्लिन खोज्दा यो विमान दुर्घटना भएको हो । यो विमानमा सवार २७ मध्ये २५को मृत्यु भएको जनाइएको छ ।

खारकोभ क्षेत्रका गभर्नर अलेक्सी कुचेरले शुरूमा यो विमानमा २८ जना बसेको जसमा ७ जना सैनिक अधिकारी र २१ जना खारकोभ नेशनल एयरफोर्स युनिभर्सिटीका प्रशिक्षाथीहरू रहेको जनाएका थिए ।

तर आकस्मिक सेवाका अनुसार त्यो विमाानमा एक जनालाई जान अनुमति मिलेको थिएन ।कुचरका अनुसार दुई जना अहिले जिवित रहेको तर अवस्था गम्भीर रहेको छ ।

स्थानीय मिडियाले सैनिक स्रोतलाई उल्लेख गरी यो विमानको इन्जिन नराम्ररी काम गरेकाले दुर्घटना हुन पुगेको जनाएका छन ।

१० असोज २०७७, शनिवार ०८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु