इजरायलका ३ वैज्ञानिकले बनाए कोरोना परीक्षणको स्मार्ट तरिका
इजरायलका तीन वैज्ञानिकहरुले कोरोना भाइरस परीक्षणका स्मार्ट तरिका खोजेका छन् । यो परम्परागत परीक्षणभन्दा धेरै तीव्र र सजिलै परीक्षण हुने तरिका हो ।
यसमा मानिसको समूबाट कुनै एक व्यक्तिको परीक्षण गरेर बाँकी मानिसहरुको पनि संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ ।
यो पद्धतिलाई इजरायली स्वास्थ्य मन्त्रालयले स्कूल र क्याम्पसमा परीक्षणका लागि अनुमति दिएको छ ।
सरकारले यो पद्धतिलाई अक्टोबरदेखि देशका १२ प्रयोगशालामा लागू गर्ने योजना बनाइरहेको छ । किनकी संक्रमणको अर्को लहर इन्फ्लुएन्जासँग मिलेर झन खतरनाक हुनसक्ने अनुमान गरिएको छ ।
यो प्रविधिलाई इजरायलका खुल्ला विश्वविद्यालयका डा। नाओम शेंटल र उनका सहयोगीहरु डा। टोमर हर्ट्ज र एन्जेल पोर्गडोरले पत्ता लगाएका हुन् ।
उनीहरुले यसलाई पी(बेस्ट अर्थान् पुलिंग आधारित सार्स(कोभिड(२ परीक्षणको नाम दिएका छन् ।
अनुसन्धानका लागि उनीहरुले २८४ मानिसहरुको ४८ समूह बनाएका थिए ।
हरेक समूहबाट एक व्यक्तिका परीक्षण गरियो । जुन समूह संक्रमित भेटियो, उक्त समूहका सबै सदस्यहरुको पोजिटिभ मानियो ।
यसरी परिणाम पहिलाभन्दा कम सयममा आयो र सबैको परीक्षणको जरुरी भएन ।
अमेरिकी विशेषज्ञहरुले पनि यो तरिकाको प्रसंशा गरेका छन् र छिटो परीक्षणको माग गरेका छन् ।
७ भदौ २०७७, आइतवार ११:४९ बजे प्रकाशित












