११६ वर्षको उमेरमा निधन
विश्वकै सबैभन्दा बढी उमेरका व्यक्ति भनिएका दक्षिण अफ्रिकाका वृद्धको ११६ वर्षको उमेरमा निधन भएको छ।
फ्रेडी ब्लेम नाम गरेका व्यक्तिको आधिकारिक कागजातमा उनको जन्म सन् १९०४ को मे ८ मा भएको देखाउँछ ।
तर उनले बढी उमेर बाँच्ने व्यक्तिका रुपमा गिनिज बुकमा नाम भने लेखाएका छैनन् । फ्रेडी किशोर हुँदा उनको परिवारका सबै सदस्य सन् १९१८ को स्पेनिस फ्लूका कारण निधन भयो ।
उनी दुईवटा विश्वयुद्धमा जीवित रहन सके ।
सन् २०१८ मा बिबिसीलाई दिएकोनले अन्तर्वार्तामा उआफ्नो दीर्घ जीवनको कुनै विशेष राज नरहेको बताएका थिए ।
उनको केप टाउनस्थित घरमै शनिबार निधन भएको हो ।
७ भदौ २०७७, आइतवार ११:४१ बजे प्रकाशित











