‘पार्टी र सरकारमा चरम व्यक्तिवादी अराजकता चलिराखेको छ’

अहिले नेपाली समाजमा र स्वभाविक रुपमा सरकार बनाउने हाम्रो पार्टीमा बहस भइराखेको छ, अन्तरविरोध, अन्तरसंघर्षको रुपमा पार्टभित्र चलेको छ ।
त्यसको मुख्य केन्द्रमा नेपाली समाजको सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य सहित समाजवादको आधार तयार पार्नका कति सफल भयौं कति भएनौं ? त्यसको समिक्षा गर्नुपर्यो । यसो भन्दा सन्तोष गर्ने ठाउँमा छैनौं ।
कोभिड -१९ देखा पर्यो । यसको रोकथाम, नियन्त्रणलाई कसरी अगाडि बढाउने ? अर्थतन्त्र सहित बिभिन्न आयामहरुमा पारेको असरहरुलाई कसरी सम्बोधन गर्ने ? अन्तत, समाजवाद कसरी स्थापना गर्ने ? तत्कालको रुपमा बहस गर्नुपर्ने विषय हो । यस सन्दर्भमा कोभिड –१८ बारे अझै गम्भीर हुनुपर्ने देखिन्छ ।
अहिलेको बजेट र सरकारले चालेको कदमहरुले समाजवाद स्थापनाको अर्थतन्त्रको दिशातिर लैजान्छ त ? भन्दा खेरि आशा गर्ने ठाउँ देखा परेको छैन् ।
यसको सारा समिक्षा गर्ने, सारा नेतृत्व गर्ने काम पार्टीले गर्छ । पार्टी अहिले यहि बहसमा छ । यहि ढङ्गले विकासमा अगाडि बढ्ने हो भने हामी गम्भीर नकारात्मक ठाउँमा पुग्छौं र हामी चुनावमा जाने स्थिति बन्छ कि बन्दैन ? यसको निम्ति पार्टी पनि ठीक ढङ्गले अगाडि बढनुपर्ने हुन्छ ।
अहिले हेर्दा विधि पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने कुरा सुन्य भयो । पार्टी पुरै निश्क्रिय, गतिहिन, अर्कमण्य, यहि ढङ्गले अगाडि बढ्ने हो भने विघटनको दिशातिर जाने खतरा पैदा भयो । र पार्टीमा खाली बैचारिक स्खलन होइन, पुरै भ्रष्टीकरणको दिशामा जाने खतरा पैदा भयो ।
अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्नेगरी सरकार चलाउने । त्यो सरकारलाई नेतृत्व गर्ने पार्टीलाई चाहीँ बैचारिक र राजनीतिक रुपले पनि क्रान्तीकारी बनाउने, सांगठनिक रुपले चुस्त विधि पद्धतिमा सञ्चालन गर्ने बनाउने । त्यस्तो पार्टीले मात्रै अहिलेको राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी सरकार चलाउन सक्छ । र सरकारलाई पनि यो दिशातिर लैजानुपर्छ भन्ने अहिलेको बहस हो ।
तर यो बहसलाई विकृत गर्ने प्रयत्न प्रतिक्रियावादीले पनि गरिारखेका छन् । नेकपा भित्र बडो लेनदेनमा बहस छ । सत्ताको लुछाचुडी भइरहेको छ भनेर उनीहरुले भन्ने र पार्टी भित्रको नकारात्मक बहावलाई यो पदको लेनदेन हो, पद मागि राख्या छन् । राजनीतिक स्थिरताको विरुद्ध जाने गरी पार्टीको एकताको विरुद्ध जाने गरी संकट पारेका छन् भनेर विकृत पारेर प्रचार गर्ने प्रयत्न गरिराखेका छन् ।
जबकी अहिलेको पार्टी भित्रको यथार्थ के हो ? छलफल बहसको र छलफलको सारतत्व के हो ? सारतत्वमा दुईटा छ ।
एउटा माक्सवादी लेलिनवादी दृष्टिकोण र बिचार सिद्धान्तलाई पक्डेर जाने कि यसलाई ट्रेडमार्क जस्तो मात्रै राखिराख्ने ? सारतत्व त्यहाँ छ । कम्युनिस्ट पार्टी ट्रेडमार्क हो, ट्रेड मार्कको रुपमा मात्रै रहन्छ भन्ने कि ।
अर्को हाम्रो वर्ग, शोषित, पीडित वर्ग समुदायलाई केन्द्रमा राखेर आम जनतालाइ पनि सम्बोधन गर्ने कि, दलाल पुँजीवादको सेवा गर्ने ? दलाल पुँजीवादको कसरी हाम्रो समाजमा प्रभाव बढ्दै छ भन्ने ज्वलन्त उदाहरण पछिल्ला घटनाक्रमहरुले देखाएका छन् । बहस त्यहाँ छ ।
लोकतन्त्रको रक्षा गर्ने कि लोकतन्त्र जहाँ सुकै जाओस भनेर प्रतिगमनलाई आधार बनाउने । समाजवादमुखी भएर हामी समाजवादमा जाने कि नजाने ? भन्ने सैद्धान्तिक हिसावले हाम्रो बसह छ ।
अहिले भने प्रवृतिगत समस्याका रुपमा तीन वटा देखा परेको छ । एउटा पार्टी र सरकार बिचार नितिको आधारमा चल्ने कि नचल्ने ? चल्या छ कि छैन ? भन्दा चल्या छैन् । पार्टीको राजनीतिक दस्तावेजका आधारमा चल्या छैन् ।
सरकारले पार्टीको सैद्धान्तिक राजनीतिक कार्यनितिको कुरा छोड्नुस् घोषणापत्रलाई पनि वास्ता गर्या छैन् । भनेसी बिचार र नितिको आधारमा सरकार चल्यो कि चलेन भन्दा चलेन भन्ने हो । प्रवृति यहाँनेर छ ।
अर्को पार्टी विधि र पद्धतीमा संस्थागत ढङ्गले चल्यो कि चलेन ? भन्दा चलिराखेको छैन् । चरम व्यक्तिवाद छ । व्यक्तिवादी अराजकतावाद छ । पार्टीले सरकार चलाउने भन्ने मान्यतामा यो कि गएन भन्दा गएन । त्यसकारण पार्टी सरकार दुबै विधिमा पद्धति अन्तर्गत चलेन ।
तेस्रो सरकार पनि आचरणको हिसावले कार्यशैलीको हिसावले र पार्टीको नेता कार्यक्रताको पनि आरण र कार्यशैलीको शिसावले संस्कृतिको हिसावले कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारले यो गर्न हुने र यो गर्न नहुने मान्य नै भएन । पुरै भ्रष्टीकरणको दिशातिर जान थाल्यो ।
यसलाई रुपान्तरण गर्ने, बिचार नितिको आधारमा पार्टी र सरकार चलेन, कम्युनिस्ट मुल्य मान्यताको पूर्ण अपेक्षित भयो । यसो हो भने फेर्ने कसरी त भन्ने बहस अहिले भइराखेको छ ।
फेर्ने दुईटा बाहेक तेस्रो बाटो छैन् । एउटा बाटो– नकारात्मक प्रवृतिका पात्रहरुलाई आत्मआलोचना गर्न लगाएर, महसुस गर्यो भने सच्याएर रुपान्तरण गर्ने । यहि बाटोमा नै लाग्नु उचित हुन्छ भनेर लगातार प्रयत्न भयो ।
मंसिर ४ र बैशाख २० सम्म आइपुग्दा आलोचना, आत्माओचना, रुपान्तरणको बाटोमै जाऔँ भन्ने भयो ।
मंसिर ४ र बैशाख २० गतेले सम्बोधन गर्न खोजेको लाइन हो– प्रवृतिमा रुपान्तरण सच्याएरै जाऔं भन्ने हो ।
तर, मंसिर ४ को पालना भएन । बैशाख २० को पनि पालना भएन । भनेसी के गर्ने त ? भन्ने प्रश्न उब्जिएपछि यसले विश्वासको संकट पैदा गरेको छ ।
दोस्रो बाटो– नकारात्मक पात्रहरुको भूमिका नै फेरबदल गरेर भएपनि सापेक्ष रुपमा सकारात्मक प्रवृति भएका पात्रहरुलाई अगाडि सारेर उहाँहरुको नेतृत्वमा अगाडि बढाउनुपर्छ ।
पहिलोले नभएपछि भूमिकामा फेरबदल गरेर भएपनि यो सच्याउन त पर्यो । पार्टीलाई अर्कमण्य र भ्रष्टीकरणको दिशातर्फ जान दिने र सरकार चाहीँ असफल हुने र चुनावमा जान नसक्ने स्थिति हुने र कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने हुने बनाउन भएन ।
पहिलो निष्कर्षका आधारमा जान पार्टीमा खोइ छलफल ? पार्टीको बैठक बस्न दिइँदैन् । बैठक बसिसकेपछि पो निष्कर्ष निकाल्ने हो त । त्यसकारण हाम्रो पहिलो प्रयत्न पार्टीको बैठक बस्नुपर्छ । बैठकमा सबै उपस्थित हुनपर्छ । छलफल गरेर निष्कर्ष निकाल्न पर्छ । त्यो निष्कर्षले नै पार्टी चलाउन सकोस् । र उपयुक्त समयमा महाधिवेशनमा जान सकोस् ।
बैचारिक कार्यभार पुरा नगरी महाधिवेशन हुँदैन । सांगाठानिक आवश्यकता तयारी पुरा नगरी महाधिवेशन संभव छैन् । त्यसकारण हतार हतार गरेर आउने मंसिरम महाधिवेशन त संभव छैन् । केन्द्रीय समितिले चैतमा महाधिवेशन गर्ने भनेकै छ । त्यसको निम्ति न्युनतम आवश्यक तयारी गर्ने । अहिले सांगठनिक एकीकरण पनि पुार भएको छैन् । अनि दुई महनिामा महाधवेशन गर्ने भनेको नहुने महाधिवेशनको चर्चा चलाइदिने हो ।
यहि कुरालाई फरक ढङ्गले व्याख्या भइराखेको सन्दर्भमा यो सकारात्मक प्रवृति धारा जसले पार्टीलाई एकतावद्ध गरी क्रान्तिकारी पनि गर्छ । जसले सरकारलाई पार्टीको मार्गनिर्देशनमा र जनमुखी सामाजिक आर्थिक रुपान्तरण गर्ने दिशातिर काम गराउनपर्छ भन्छ । जसको मुख्य ध्यय अब चाहीँ समाजवादको आधार तयार पारेर समाजवाद निर्माण गरिछाड्ने अठोट गर्छ त्यो प्रवृतिका नेतृत्वहरुले नेतृत् गर्नपर्छ भन्ने हो ।
(नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
२२ साउन २०७७, बिहीवार ०८:५० बजे प्रकाशित