प्रचण्ड भन्छन- पार्टी ठूलो क्राइसिसतिर गयो, जस्तोसुकै परिस्थितिका लागि तयार भएर बसौं

'अर्को अध्यक्षले पार्टीको निर्णय म मान्दिन भनेपछि एकता बच्ने कुरा त भएन'

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी ठूलो क्राइसिसतिर गएको बताएका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको निर्णय मान्दिन भन्ने र पार्टी फुटका लागि वातावारण बनाउनेतिर उद्धत रहेको भन्दै उनले जस्तोसुकै परिस्थितिका लागि मानसिक रुपमा तयार भएर बस्न आफु निकटका नेता कार्यक्रतालाई भनेका छन् ।

प्रस्तुत छ अध्यक्ष प्रचण्डले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश

यो कम्युनिस्ट पार्टीलाई माक्र्सवाद, लेलिनवादको आधारमा निर्देशित पार्टी बनाउने, वा माक्र्सवाद, लेलिनवादका मुलभुत सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्दै अगाडि बढ्न कि, बुर्जुवा मान्यताहरुलाई पक्डेर अगाडि जाने भन्ने बहस छ । त्यसकारण यो गम्भीर दार्शनिक र सैद्धान्तिक बहस यसभित्र अन्तरनिहित छ ।

माक्र्सवादलाई नै सैद्धान्तिक आर्दश मानेर त्यसको निर्देशनमा चल्ने र समाजलाई त्यहि अनुसार संगठित गर्न प्रयास गर्ने, रुपान्तरण गर्न प्रयास गर्ने कि यथास्थितिमा अहिले बुर्जुवाहरुको जुन बर्चस्व देखिएको छ त्यो सँग तालमेल गरेर जाने भन्ने बहस हो ।

कम्युनिस्ट पार्टीलाई निश्चित राजनीतिक मान्यता अन्तर्गत संगठित गरेर जाने कि यसलाई एउटा अराजक भिडको रुपमा लिने मुद्धा यसभित्र निहित छ । र लामो वर्गसंघर्ष र बिचार संघर्षको रुपमा विकसित संगनात्मक सिद्धान्त लेलिनवादी संगठानात्मक सिद्धान्त जनवादी केन्द्रीयता, त्यो जनवादी केन्दीयतालाई अवलम्बन गरेर जाने कि व्यक्तिलाई केन्द्र विन्दुमा राखेर अरु सबै सिद्धान्तहरुलाई अवमुल्यन र अपमान गरेर जाने भन्ने बहस यसभित्र अन्तरनिहित छ ।

पार्टीको अधिनमा व्यक्ति हुने हो कि, व्यक्तिको अधिनमा पार्टी हुने हो भन्ने ठूलो सिद्धान्तको बहस यसभित्र अन्तरनिहित छ ।

समाजमा विवेकले सत्ताको नेतृत्व गर्ने हो कि, सत्ताले विवेकको नेतृत्व गर्ने ? हिजो हामी युद्धको बेलामा वा क्रान्तीको बेलामा भन्ने गर्दथ्यौं बन्दुकले पार्टी चलाउने हो कि पार्टीले बन्दुक चलाउने ? भन्दा विश्वव्यापी रुपमा स्थापित सिद्धान्त पार्टीले बन्दुक चलाउनुपर्छ भन्ने नै हो ।

त्यो भनेको विवेकले सत्ता चलाउनुपर्छ भनेको पनि हो । सत्ताले विवेक चलाउने होइन । त्यसकारण यसभित्र अहिले हामीकहाँ आउँदा व्यक्तिले सरकारलाई नीतिगत र मुलभुत निर्णय गर्दा, आधारभुत निर्णय गर्दा पार्टीको निर्देशनमा गर्ने कि सरकारले गर्ने ? बुर्जुवा प्रजातन्त्रमा प्रधानमन्त्री इज अल इन अल भन्ने एउटा मान्यता छ । यद्धपि अहिलेको हाम्रो संविधानले यो कुरालाई मान्दैन । तर पनि बुर्जुवाहरुले यो कुरालाई आम रुपमा स्थापिन गर्ने प्रयास गर्दै आएका छन् र त्यो कुरालाई कम्युनिस्ट पार्टीले मान्दैन् । नीतिगत र मुलभुत निर्णयहरु पार्टीमा सामुहिक निर्णयका आधारमा अगाडि बढ्छ र सरकारले त्यसको पालना गर्छ भन्ने कुरा हो । त्यसकारण यो बहस पनि गम्भीर सैद्धान्तिक महत्वको बहस हो ।

हामीले सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको सिद्धान्त पालना गर्ने कि व्यक्तिगत निर्णयको सामुहिक जिम्मेवारी लिइदिनुपर्ने यो उल्टो विज्ञान विरोधी इतिहासका फन्डामेन्टल विरोधी, माक्सर्ववाद लेलिनवादका आधारभुत सिद्धान्त विरोधी रुचाउने, तपाई हाम्रा पनि हेर्यो भने निर्णयहरु व्यक्तिले गर्ने र समुहले त्यसको जिम्मेवारी लिइदिनुपर्ने । समुह त्यो निर्णय प्रक्रियामा समेल हुन नपर्ने, नपाउने, नदिने जे भनेपनि हुन्छ । तर, व्यक्तिले गर्ने निर्णयलाई समुहले जिम्मेवारी लिइदिनुपर्ने जस्तो जो भएको छ त्यो गम्भीर महत्वको सैद्धान्तिक विषय नै हो ।

हामी अर्थतन्त्र निर्माणकाृे सन्दर्भमा नवउदारवादी पुजीँवादको बाटोतर्फ जाने कि ? जस्तो एमसीसीमा सम्झौता गर्दा त्यतिबेला प्रष्टसँग नवउदारवादी अर्थतन्त्रको पालना गरेको हुनपर्ने स्वीकृतिको लागि भन्ने कुरामा नेपालले सहमति जनाएको देखिन्छ । र अहिले हाम्रो सरकार त्यहि नवउदारवादी अर्थतन्त्रको बाटोमा नवउदारवादी पुँिजवादको बाटोमा जान खोजेको र त्यसमा सैद्धान्तिक प्रतिवद्धता पटक पटक व्यक्त गरेको देखिएको छ । यसले समाजवादतिर होइन पुजीँवादी अराजकतातिर वर्ग विभेदलाई घटाउने होइन, वर्ग विभेदलाई बढाउँदै लाने बाटोतिर जान्छ । त्यसकारण यो ठिक छैन भन्ने बहस हो यो ।

समाजवादतिर जानको लागि सामाजिक न्याय सहित तीन खम्बे नीति भनेका छौं । सार्वजनिक, नीजि र सहकारीको सन्तुलित र समन्वयताका साथ अगाडि बढेर मात्रै समाजवादतिर जान सकिन्छ भन्ने हाम्रो संविधानको परिकल्पना छ । र हाम्रो पार्टीको घोषणापत्र, एकताका बेला सबै घोषणपत्र सहमति पनि त्यहितिर छन् । तर, हाम्रा कदमहरु, व्यवहारिक रुपमा त्यता गएका छन त ? भन्दा त्यता गएका छैनन् । यसरी हेर्दा हामी पुजीँवादतिर गएर समाजवाद हुन्छ ? पुजीवादको बिऊ रोपेर समाजवाद फल्छ त ? भन्दा यो काहीँ कतै असम्भव कुरा हो । हामी यो बहस गर्नुपर्ने भएको छ ।

हामी कुन बाटो जाँदै छौं । हामीले संविधानमा निर्देशित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्देशित समाजवाद उन्मुख दिशातिर अगाडि बढ्दै छौं कि हामी पुजीँवाद उन्मुख हुँदै छौं भन्ने अहिलेको बहसको एउटा महत्वपूर्ण मुद्धा हो ।

संगठनभित्र आउँदा पनि हामीले निश्चित विधि पद्धतिमा चल्ने कुरामा प्रतिवद्धता व्यक्त गर्ने कि निति विधि पद्धति केही पनि होइन । एक चोटी निर्वाचित भएपछि नेता नै सबै कुरा हो भन्ने सिद्धान्त अपनाउने हो कि, होइन प्रत्येक पटक हामीले कमिटीको सर्वोच्चता, पार्टीको सर्वोच्चतालाई स्वीकार्नुपर्ने हुन्छ र व्यक्ति सोको अधिनमा हुन्छ भन्ने कुरालाई निरन्तर अंगीकार गर्ने भन्ने विषय पनि यसभित्र अन्तरनिहित छ ।

त्यसकारण हामीले सामुहिक निर्णय र उत्तरदायित्वको कुरा गर्दा जो कसैलाई जतिसुकै माथिल्लो स्तरमा पुगेको नेता भएपनि त्यसले निरन्त्र परीक्षा पास गर्या जस्तो जाँच दिइराख्नुपर्छ । यति माथि तहमा पुगेपछि अब मैले टेष्टेड हुन पर्दैन भन्ने हुम्ँदैन कम्युनिस्ट पार्टीमा । कम्युनिस्ट पार्टीभित्र आफ्नो आवश्यकता र औचित्य विधि र पद्धतिमा बसेर सिद्ध गर्न सक्नुपर्ने हुन्छ । बाचुन्जेलसम्म पद्धतिभित्र बस्नुपर्ने हुन्छ । र मात्रै त्यो कम्युनिस्ट पार्टीको सदस्य वा कम्युनिस्ट पार्टीको जिम्मेवारी लिन लायक हुन्छ । त्यसकारण यहाँ बहस त्यो विषयमा पनि छ ।

निश्चित तहमा पुगेपछि अनुशासन भन्दा माथि हुने हो ? उनीहरु शासक जस्ता हुने हो ? या हिजोका जो सँग लड्यौं बिभिन्न खालका तानाशाह हामी अब फेरी त्यहि ठाउँमा जाने हो ? या हामी साच्चै नयाँ संस्कार र नयाँ संस्कृतिको स्थापना गरे जाने हो भन्ने मुद्धा असाध्धै सैद्धान्तिक महत्वपूर्ण रणनीतिक मुद्धा हो । अहिले हामी यो बहसमा छौं र यो बहसमार्फत मास्र्सवादी, लेलिनवादी सिद्धान्तलाई, पद्धतीलाई संगठनात्मक विधिलाई, प्रक्रियालाई र लामो संघर्ष र बदिलानीबाट स्थापित मान्यतामा टेकेर विकशित र परिमार्जित गर्दै जाने, निरन्तर अगाडि बढ्दै जाने प्रक्रियाका पक्षपाती हौं हामी । र त्यहि अनुसार पार्टी एकता पनि भएको हो । यो विषय गम्भीर सैद्धान्तिक बहसका विषय हुन है हामी भित्रका ।

हाम्रो यहाँ अहिले जसरी भनिएको छ । सायद पदको छिनाझप्टी हो कि भन्ने कुरा । म प्रष्ट गर्न चाहनछु, पार्टी एकता गर्दा पनि पदको छिनाझम्टीका रुपमा लिएनौं, यो देशको आवश्यकता हो, कम्युनिस्टको आवश्यकता हो, पार्टी र देशका हजारौं हजार कार्यक्रताको जीवन र भविष्यसँग सम्बन्धित कुरा हो । भनेर एकता गरेका हौं । हामीले नेतृत्व लिने, पद प्राप्तीको होइन, पद त्यागको रुपमा एकतालाई लिएका हौं ।

मैले पटक पटक भनेको छु चाहे त्यो संविधान बनाउने बेलामा होस्, चाहे हामीले गठबन्धन गरेर चुनावमा जाने बेलामा होस् म त्यति बेलाको एउटा समुहको हैसियतले त्यहाँ पनि सल्लाह गरेर नै प्रधानमन्त्री कतैबाट अफर आयो भने पनि लिन हुँदैन । हामीले संख्यालाई पनि महत्व दिनुपर्ने हुन्छ । त्यसकारण केपी ओलीलाई नै प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्छ भनेर गठबन्धन गरेको, पार्टी एकता पनि गरेको हो ।

त्यसकारण यो पदको लागि थिएन । कसैका लागि यो पदको लागि होला । सबैलाई त म भन्दिन पनि, होइन पनि । तर, हामीहरुका लागि त्यो पद प्राप्तीको भर्याङ थिएन । यो देशमा राजनीतिक स्थायीत्व, कम्युनिस्ट पार्टीको राम्रो हैसियत र विकास र समृद्धिको एउटा समाजवादको यात्राद्धारा प्रेरित थियो पार्टी एकता गर्ने कुरा । त्यसै गर्यौं र पार्टी एकतापछि थुप्रै जिकज्याकहरु भएपनि ।

मंसिर ४ को कुरा । त्यतिबेला मैले त अझ उदारतापूवर्क, हुन त यो कुरा बुझेर पनि हो, पछि झमेला र कचिङ्गल हुने जस्तो देखेर पनि हो । मैले यदि पार्टीको कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाउने हो भने अर्को अढाई वर्ष प्रधानमन्त्री हुने कुनै हतारो छैन् । त्यस्तो रुची छैन् ।

पार्टी राम्रोसँग चलोस्, सरकार राम्रोसँग चलोस् । त्यो नै ठूलो कुरा हो भनेर गएको मंसिर ४ गते भएको सहमति राम्रोसँग बुझिदिनुभयो भने यथार्थ के रहेछ भन्ने बुझन सजिलो हुन्छ । त्यसकारण यो पदको लडाई थिएन हाम्रो लागि । हाम्रो लागि पद त्यागको प्रक्रियाद्धारा पार्टीलाई एकतावद्ध राख्ने, आन्दोलनलाई बलियो बनाउने प्रयास हो । भनेर प्रष्ट गर्न चाहन्छु । अहिले पनि चलेको बहस पद प्राप्तीको भन्ने विलकुल गलत हो ।

गएको केन्द्रीय समितिको बैठकसम्म आउँदा, मैले अध्यक्षको हैसियतले, अझ कार्यकारी भनेर माइनेटिङ गरेपछि एउटा स्थायी समितिको बैठकको अध्यक्षता गरेँ र एउटा केन्द्रयि समितिको अध्यक्षता गरेँ ।

दुईटा सचिवालयका बैठक, एउटा स्थायी समितिको बैठक र एउटा केन्द्रीय समितिको बैठक संभवत पार्टी एकता गरेपछिका सबैभन्दा जनवादी छलफल र वातावरणमा सम्पन्न भएका बैठकहरु हुन् । सबै निर्णयहरु सर्वसम्मत रुपमा लिएका हुन् । निर्णयहरु पनि मुलभुत रुपमा सही भए र केन्द्रीय समितिको बैठकमा आउँदा त पूर्व समुहका आग्रह पूर्वाग्रह मेट्ने सम्मका उल्लेख्य सहकार्य, उल्लेख्य अन्तरक्रिया भएर सामुहिक निर्णय लिने थलोका रुपमा केन्द्रीय समितिको बैठकको निर्णयलाई राम्रसित स्थापित गरियो पनि ।

केन्द्रीय समितका सबै सबै सदस्यहरु र वरिष्ठ नेताहरुको सहयोगमा सफलतापूर्वक सम्पन्न भए । र हलबाट निक्लँदा केन्द्रीय समितिका सबै सदस्यहरुको अनुहार उज्यालो नयाँ भरोसा, नयाँ आत्म विश्वास, अब पार्टी बलियो भयो, अब आन्दोलन जाने भयो, अब राम्रो हुने भयो भन्ने एउटा नयाँ विश्वास लिएर नै केन्द्रीय समितिका कम्रेडहरु बाहिर निस्केको स्थिति थियो ।

तर, दुर्भाग्य केही साथीहरुलाई, अझ अर्को अध्यक्ष र प्रधानमन्त्री समेतलाई पनि त्यो सफल केन्द्रीय समितिको बैठक साच्चै बिडम्बना जस्तो भयो र उहाँहरुले अलग भेला गरेर अब चाहीँ हाम्रो स्थिति रक्षात्मक भयो । भन्दै पोलिसी सिफ्ट गर्नपर्यो भनेर उहाँहरुले पोलिसी सिफ्ट गर्नुभयो, एउटा गोप्य गुटको भेला गरेर पोलिसी सिफ्ट के गर्नुभयो भने अब एमाले जतिलाई एकातिर पार्नपर्यो, पूर्व माओवादीमाथि आक्रमण गर्नपर्यो, र पूर्व माओवादी भित्र पनि असन्तुष्ट कोही छन भने तिनलाई तान्ने कोसिस गर्नपर्यो र प्रचण्डमाथि मुख्य रुपमा र प्रचण्ड नजिक भएकाहरुमाथि मुख्य रुपमा आक्रमण गर्नपर्यो भनेर केन्द्रीय समितिको बैठक भएको केहीदिन पछि उहाँहरुको पोलिसी सिफ्ट गर्नुभयो । र अराजकतातिर लैजाने प्रक्रिया सुरु भयो ।

मैले अहिले अर्का अध्यक्षसँग कुरा गर्दा पनि भन्ने कुरा तपाईहरुले पोलिसी सिफ्ट गरेपछि सबै कुरा बिग्रीयो । १५ दिनमा सक्ने भनेको एकता प्रक्रिया सक्नै नदिनेतिर जानुभयो । बैठक बस्नै नदिनेतिर जानुभयो र सब चीज अहिले ठप्प भयो । बल्ल बल्ल सचिवालय बसेर गरेका एकाध निर्णय पनि अर्को अध्यक्षले म मान्दिन भनिदिएपछि अब पार्टी ठूलो क्राइसिस तिर गयो । सचिवालयमा उहाँसमेत भएर गरिएको निर्णय निर्णय गरेको २ घण्टापछि यो निर्णय म मान्दिन भन्दा पनि हेरेर बस्नुपर्ने जस्तो बिचित्रको स्थिति पैदा भयो । त्यसपछि पनि लगातार, पार्टीसँग सल्लाह नगरी, पार्टी कमिटीमा काहीँ बहस सल्लाह नगरीकन थुप्रै कामहरु हुन थाल्यो ।

राजदुत नियुक्ति, राजदुत फिर्ता, भिसी नियुक्ति, भूमि आयोगको गठन, को के नियुक्ति सबै यो एक्लै गर्ने म सँग सल्लाह गर्नुभएन । प्रसंगबस कहिलेकाही केही चर्चा चल्यो भने अलग्गै कुरा हो । तर, सल्लाह गरेर सहमतिका साथ भएको थिएन, छैन् ।

पछिल्लो चोटीको केन्द्रीय समितिपछि मैले देखे– त्यो प्रचण्डसँग बदला लिने उदेश्यद्धारा प्रेरित भएको सबै निर्णयहरु । मैले गरेको कुनै नियुक्ति छ भने त्यसलाई हटाइदिने । कोही मान्छे म सँग भेट्न जाने गरेको थाहा पाइयो भने कुनै अफिसर, ब्युरोक्रयाट्स, नोकरशाह त्यसलाई ह्युमिलेट गर्ने, र म सँग बदला लिने । यो बदला लिने कुरा कहाँसम्म पुग्यो भने दुईटा अध्यक्षको कुर्सी अगाडि हुन्छ एउटा कुर्सी नै हटाइदिने । त्यो कुर्सी हटाउने प्रावधिक कुरा मात्रै होइन, त्यो व्यक्तिवादको र आफ्नो बिचार भन्दा अलिकति फरक भयो भने त्यसलाई निशेध गर्ने निशेधात्मक सोचको परिणाम हो । र अर्कोलाई अपमानित गर्ने, अपमानित गर्दा आनान्दाभुति गर्ने, आफ्नै कम्रेडलाई त्यस खालको सोचको प्रतिक थियो त्यो ।

अहिले पार्टी एकतालाई महत्व दिने, पार्टी एकता घाँडो भयो अब, माथि आइहालिएकै छ, माथि चढिएकै छ, भर्याङ चाहीँ फालिदिने भन्ने लडाई पनि चलिराखेकै छ । हामी पार्टी एकता बचाउनुपर्छ भन्नेतिरबाट बल गरिराखेका छौं ।

अर्को अध्यक्ष पार्टीको निर्णय मान्दिन भनेपछि पार्टी एकता बच्ने कुरा त भएन ।
पार्टी एकताका बेलामा भएका राजनीतिक सहमति जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद र माओवाद सम्बन्धी मान्यतालाई आत्मसाथ गर्दै त्यसलाई परिमार्जन गरेर जाने र हालको लागि जनताको जनवादको रुपमा जाने व्याख्या गरिएको छ । तर, अहिले अहिले देहभर बिभिन्न कार्यक्रमहरु भएका छन् । ब्यानर लेखिएको हुन्छ, जनताको बहुदलीय जनवाद । त्यस अन्तर्गत कार्यक्रम हुन्छन् । स्थायी समितिका नेता पनि त्यहाँ गएर बोल्छन् । मैले यदि पूर्व माओवादीलाई राखेर माओवाद जिन्दावाद, २१ औं शताब्दीको जनवाद जिन्दावाद भनेर व्यानर राख्ने, भाषण गर्ने गर्यो भने त्यो पार्टी एकताको पक्षमा हुन्छ कि पार्टी विभाजनतिर लाने कुराको उद्घोष हुन्छ ?

मैले माओवाद भन्ने, अर्कोले जवज भन्न थालियो भने एकतामा छु भन्ने अर्थ रहँदैन् । एकता विरोधमा गएको प्रमाण हुन्छ ।
अर्कोतिर प्रधानमन्त्रीकै पहलमा नेकपा एमाले भनेर निर्वाचन आयोगमा दर्ता गर्नु पहल गर्नु पार्टी एकताको पक्षमा हुन्छ र ? यो पनि पार्टी एकताको पक्षमा होइन फुटको पक्षमा भन्ने कुरालाई राम्रैसँग प्रमाणित गरेको छ ।

पार्टीको बैठक चलिराखेकोछ । हामी छलफल पनि गरिनै राखेका छौं । देशभर जिन्दावाद र मुर्दावादको नारा लगाउन लागाउने युवा विद्यार्थीहरुलाई बोलाएर ।
त्यहि पार्टीका नेताहरु जसले नीति तथा कार्यक्रममा नक्साको विषय उल्लेख हुन पष्र्यो भनेर भनेका छन् ति दलाल हुने । नक्सा छाप्नुपर्छ भनेर सुझाव दिने पार्टीको निर्णयकर्ताहरु दलाल भनेर प्रचारित हुने । अन्तिममा सचिवालयले नीति तथा कार्यक्रममा नक्सा त हाल्दै पर्यो भनेपछि हाल्ने चाहीँ महान राष्ट्रवादी भनेर विभाजित गर्ने । यो प्रक्रिया पार्टी एकताको पक्षमा हुन्छ कि फुटको ?

प्रतिक्रियावादीहरु कोही चाहँदैनन देशभित्रका देश बाहिरका कि कम्युनिस्ट पार्टी एकतावद्ध रहिराखोस् । उनीहरु यो छिटो भन्दा छिटो विभाजित होस्, क्षतविच्छेद होस भन्ने चाहेका छन् । गठबन्धन गर्दाको दिनदेखि त्यो गठबन्धन असफल पार्नको निम्ति कोसिस गरे । हामीले त्यसको प्रतिवाद गरि नै राख्यौं । चुनावपछि दुईटा पार्टीको एकता चाहीँ नहोस भनेर प्रयत्न गरे । हामीले त्यसको प्रतिवाद गर्यौं । एकता गर्यौं । एकता गरेको दिनदेखि यो पार्टी विभाजित होस् भनेर यसका नेताहरुका बीचमा विवाद चर्किएर जाओस्, फाटो परोस् भन्ने यो बुझ्न सकिने कुरा हो ।

साम्राज्यवादी शक्तिहरु, प्रतिक्रियावादी शक्तिहरु सबै खालले यो कम्युनिस्ट पार्टी कमजोर पार्न चाहन्छन् । कमजोर पार्नका लागि उनीहरुले जहिले पनि गलत बिचार, गलत सिद्धान्त, गलत कायैशैली, गलत कार्यशैली अपनाउने तत्वहरुलाई उनीहरुले तिनिहरुमार्फत उचाल्ने प्रवृति, भत्काउन चाहने । त्यसकारण हामी अहिले पनि यो पार्टी एकता अक्षुण हुनुपर्छ, सुदृढ हुँदै जानुपर्छ, हामी भित्रका कमीकमजोरी सच्चिनुपर्छ, सच्याउन तयार हुनुपर्छ, आलोचना गर्नपर्यो, आत्मआलोचना गर्न पर्यो, रुपान्तरणका निम्ति प्रतिवद्धता हुन पर्यो भन्नेमा जोड दिएको । हामीले यति भनेको फेरी अर्कोलाई निशेध गर्नको लागि भनिराखेको होइन । हामी माक्सवादी, लेलिनवादी सिद्धान्त, एकताको पक्षमा हुन पर्यो । फुटको पक्षमा होइन । हामी सामुृहिक निर्णयको पक्षमा हुन पर्यो, व्यक्तिगत निर्णयको पक्षमा होइन् । समुहको अधिनस्त हुन पर्यो । व्यक्तिको अधिनस्त समुह होइन भन्दै गरेको केपीजीको विरोध गर्न वा निशेध बुझिन हुँदैन ।

हामीले कसैलाई निशेध गर्न होइन, हामी सबैलाई रुपान्तरण गरेर पार्टी एकताको आधार होस भनेर हो भन्ने बुझिदिन जरुरी छ ।
हामी कम्युनिस्टहरु जहिले पनि खराव भन्दा खराव परिस्थितिको लागि पनि तयार हुनुपर्यो । राम्रो भन्दा राम्रो परिस्थिति निर्माण गर्न मेहनत गर्नपर्दछ ।
सबै हाम्रो हातमा हुन्छ भन्ने हुँदैन । वर्ग संघर्षको नियम, समाजवादको नियम, प्रकृतिको नियम , अहिले कोरोना आउला भन्ने त हामीलाई थाहै थिएन । आयो कोरोना, कोरोनाले विश्वकै अर्थतन्त्र, विश्वकै राजनीतिक प्रणाली, सोच्ने तरिकामा पनि परिवर्तनको अवश्यतालाई, नयाँ ढङ्गले साच्नुपर्ने ।

हाम्रो देशमा पनि कोरानाको कारणले जुन परिस्थिति निर्माण गरेको छ त्यो सचिराखेको त थिएन । कहिले महाभुकम्प जान्छ । कहिले ठूला ठूला बाढी पहिरो जान्छ ।
कम्युनिस्टहरुले राम्रो भन्दा भन्दा परिस्थितिका लागि पहल गर्ने, मेहनत गर्ने, र खराव परिस्थितिका लागि पनि तयार हुने । खराब परिस्थितिका लागि मानसिक रुपमा तयार भइएन भने खराब परिस्थिति आउँदा अतालिएर मान्छे नराम्रोसँग डिप्रेसनमा जाने खतरा हुन्छ । खराब पनि आउन सक्छ भनेर तयारीका बिभिन्न उपायहरु अवलम्बन गरिराख्यो भने त्यो खराव परिस्थितिको सामना पनि क्रमस गर्न सकिन्छ ।

त्यसकारण पार्टी एकता अक्षुण राख्न चाहन्छौं । तर, यो हाम्रो हातमा मात्रै हुने भएन । अर्को पक्षले हामीले भन्दा भन्दै पार्टी दर्ता गर्न जाने, भन्दा भन्दै देशभरी जुलुस निकाल्न जाने, यसो नगरौं पार्टी एकतालाई कमजोर पार्छ भन्दा भन्दै नारा र जुलुस गर्ने । भन्दा भन्दै एकलौटी निर्णय गर्दै जाने । यसले पार्टी एकतालाई मद्धत गर्छ त ? यसलाई गम्भीर ढङ्गले उठाएको पनि छ ।

र सबै चीज पार्टी एकता, जनताको भावना, देशको आवश्यकतालाई मध्यनजर गरेरै गरेका छौं । फेरी पनि हामी मानसिक रुपले तयार जस्तोसुकै परिस्थितिका लागि पनि भयौं भने मात्रै लडाई जित्छौं ।

२२ साउन २०७७, बिहीवार ०९:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु