दशैँमा स्वास्थ्य रक्षा : डा. रवीन्द्र पाण्डे

unnamedनेपालीहरुको खाने परम्पराको रुपमा मनाइने दशैं पर्व आजभोलि  स्वास्थ्यको जोखिम पर्वको रुपमा पनि लिन थालिएको छ । असन्तुलित आहार, बिहार र आचारको कारण यो समयमा लाखौँ आममानिसमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा स्वास्थ्य समस्या  थपिने गरेको छ । भनिन्छ अति सर्वत्र वर्ज्यते स् अर्थात कुनै पनि  कुरामा अति गर्नुहुँदैन १ शरीर स्वस्थ भयो भने बर्षमा ३६५ दिन नै  पर्व हुन्छ । शरीर अस्वस्थ भयो भने एक क्षण पनि पर्वको उल्लास  हुँदैन । स्वस्थ दशैँ मनाउनको लागि तल उल्लेखित सचेतना महत्वपूर्ण  हुनेछन ।

१. दशैंलाई मासुको पर्व पनि मानिन्छ १ मासु किन्दा खसी,  बोका, राँगा, कुखुरा वा अन्यको स्वास्थ्यस्थिति अनुमान  लगाउनु पर्दछ १ स्वभाब अनुसारका कृयाकलाप तथा आँखा, नाक,  मुख, सक्रियता आदिबाट प्रारम्भिक अनुमान गर्न सकिन्छ ।  त्यसलाई काट्ने, टुक्रा पार्ने, घर ल्याउने एबम धुने तरिका पूर्णत  स्वस्थ हुनु जरुरि छ । मासु पसलबाट मासु किन्दा मासुको रंग, गन्ध,  पसलको सरसफाई, राखेको तरिका आदि हेरेर मात्र किन्नु पर्दछ ।  छाला, बोंसो, रौँ,आन्द्रा, भुँडी आदि हटाउनुपर्दछ । रक्ति, भुटन  आदि स्वादिष्ट भएपनि स्वास्थ्यको लागि हानिकारक हुन्छन । त्यस्तै छोएला, कचिला एबम पोलेको मासु पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुँदैनन् । मासुलाई थोरै बनस्पती तेल तथा घरेलु मसला एबम थोरै नुन हालेर झोलिलो बनाउँदा सबैभन्दा स्वस्थकर
हुन्छ   । मासु सेवन गर्दा त्यसको बराबर सागसब्जी, सलाद तथा पानी खानु अनिबार्य छ । मध्यम मात्रामा खाएको मासुले शरीरलाई फाइदा गर्छ भने धेरै मात्रामा खाएको मासु  कोलेस्ट्रेरोल बनेर मुटुको रोग निम्त्याउँछ । त्यस्तै बासी,  सडेगलेको, झिंगा लागेको तथा फ्रिजमा नराखेको मासु खाँदा  फुड प्वाइजनिंग (झाडा, पखाला) हुन सक्दछ । सिंगो खसी काटेर  खानुभन्दा दैनिक ताजा र फरक फरक मासु खानु स्वस्थकर हुन्छ ।  उच्च रक्तचाप, मधुमेह, मोटोपना,बाथ, मुटु तथा मृगौला सम्बन्धि  समस्या भएका व्यक्तिलाई कुखुरा, हाँस, लौकाट आदिको मासु  उपयुक्त हुन्छ । कृपया कसैले पनि स्वाद वा अन्य लोभको कारण
बोंसो नखानुहोला ।

 

२. दशैमा सकभर मासुमा भन्दा फलफुल, सागसब्जी, गेडागुडी, दुध,  दहि जस्ता खानामा प्राथमिकता दिनु उपयुक्त हुन्छ । प्रत्येक  घण्टा पानी प्रशस्त पिउने १ समयमा सुत्ने तथा समयमा उठ्ने बानि  कायम गर्ने ।

 

३. चाडपर्वलाई मदिराको पर्यायको रुपमा पनि हाम्रो  समाजमा लिइन्छ । सबैभन्दा उत्तम मदिरा सेवन नगर्नु नै हो । यदि  मदिरा सेवन गर्नुहुन्छ भने त्यसको लागि आत्मअनुशाशन सबैभन्दा  महत्वपूर्ण हो । दिनमा एकपटक मात्र, गुणस्तरीय ब्रान्डको तथा  निर्धारित मात्रा मात्र सेवन गर्नुहोला। निर्धारित मात्रा
भन्नाले व्हिस्की २ पेग वा वाइन २ गिलास वा बियर १ बोतल  मात्र हो । यो मात्रा भन्दा बढी सेवन गरेमा स्वास्थ्यको लागि  मात्र नभई पारिवारिक, सामाजिक एबम आर्थिक रुपमा समेत  नकारात्मक असर पर्दछ । निर्धारित मात्राको मदिरा सलाद,  फलफुल, बदाम, काजुसंग सेवन गरेमा उपयुक्त हुन्छ । यी मध्ये ु रेड
वाइन ु कम जोखिमयुक्त मानिन्छ । अत्यधिक नशाको कारण  स्नायुमा खबर आदानप्रदान कमि भएको बेला मासुको टुक्रा  स्वासनलीमा पसेर मृत्यु हुने घटनाप्रति सचेत हुने ।

 

४. धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवननगर्नुहोला । याद गर्नुहोस  मध्यपान तथा चुरोटसंगै सेवन गरेमा हृदयाघातको जोखिम हुन्छ ।

 

५. मानसिक स्वास्थको लागि योगा, मेडिटेसन, संगीत, राम्रा  पुस्तक अध्ययन, लेखन एबम परिवार तथा समाजमा घुलमिल हुनु  उपयुक्त हुन्छ।

 

६. चाडपर्वमा गरिष्ठ खाना हुने भएकोले बिहान एक घण्टा र  साँझ आधा घण्टा शारीरिक परिश्रम गर्नु अनिबार्य हुन्छ ।

 

७. गुलियो सकभर नखानु राम्रो हुन्छ । चिनी, ग्लुकोज, मिठाइ  पटक्कै नखाँदा राम्रो । फलफुलको गुलियो स्वस्थकर हुन्छ ।

 

८. आफुले सेवन गरिरहेको औषधि नियमित सेवन गर्ने । रिंगटा लाग्ने, छाती दुख्ने, पसिना आउने जस्ता लक्षण देखिएमा तुरुन्त  अस्पताल जाने । अधिक बोंसोरचिल्लोरमदिरारआरामरचुरोट  आदिको कारण दशैमा हृदयाघातको सम्भावना धेरै हुन्छ ।
९.घरपरिवार तथा समाजमा आत्मीय सम्बन्ध कायम गर्ने,  बालबालिका तथा बृद्धवृद्धाको रुचिको बिशेष ख्याल गरेर आफु  पनि बच्चा वा बृद्धवृद्धा भएको अनुभूति गर्ने । घरको तथा  टोलको सरसफाईमा ध्यान दिने । व्यक्तिगत सरसफाइमा पनि  ध्यान दिने । तनाब न्यूनीकरण गर्ने । कम्प्युटर वा मोबाइलमा समय  बिताएर चाडपर्वलाई खल्लो नबनाउने ।

 

१०. समाजसेवालाई पनि चाडपर्वको अंगको रुपमा लिने । आफुसंग  भएको बाँडीचुंडी खाने, अशक्तलाई खाना तथा अन्य सहयोग  गर्ने । चाडपर्व धनीको मात्र हैन, सक्नेको मात्र हैन तसर्थ  परोपकारी भावना अँगालेमा त्यसबाट प्राप्त सन्तुष्टिले  मानसिक स्वास्थ्य समेत बलियो हुन्छ ।

५ कात्तिक २०७२, बिहीवार २१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु