फेरि लकडाउन गर्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल, तर, भएन निर्णय
आज बसेको मन्त्रिपरिषद् बैठकमा फेरि लकडाउन गर्ने बारे छलफल भएको छ । तर, यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए ।
सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपछि यतिबेला जनजीवन सहज बनेको छ । सार्वजनिक बस चल्न थालेका छन् । उद्योग कलकारखाना, व्यापार, व्यवसाय पूर्ववत् अवस्थामा फर्किंदै छन् ।
साउन १५ गतेदेखि पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, ट्राभल एजेन्सीहरू पनि खुला गरेको छ । आगामी भदौ १ गतेदेखि विद्यालय भर्ना र हवाई उडान पनि सुरु गर्ने सरकारको तयारी छ ।
तर राजधानी काठमाडौँसहित देशका केही भागमा कोरोना सङ्क्रमण दर बढ्दै गएकाले यसको जोखिम कम नभएको विज्ञहरूले बताउँदै आएका छन् ।
पहिलेभन्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यहि कारण फेरि लकडाउन गर्ने बारे छलफल भइरहेको छ । एक मन्त्रीका अनुसार देशभर लकडाउन गर्ने कि सम्बन्धित क्षेत्रमा मात्रै लकडाउन गर्ने भन्नेमा छलफल भएको छ ।
ले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य थिए ।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् ।
लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन । त्यसैगरी बैठकले वीरबहादुर राई सचिवमा बढुवा पनि गरेको छ ।
१९ साउन २०७७, सोमवार २०:५६ बजे प्रकाशित





