आजको मौसम : देशभर सामान्यदेखि पुर्ण बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेको छ ।
देशभर सामान्यदेखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, वाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु र अन्य प्रदेशका एक दुइ स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज विहान ३ बजे मापन गरिएको रेकर्ड अनुसार सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासका क्षेत्रमा भारी बर्षा भएको छ ।
मेलम्ची, ईन्द्रावती, बलेफिका केहि साना सहायक नदीमा आकस्मिक बाढी आएको छ ।
त्यसैगरी विहान ४ः३० बजे सिन्धुपाल्चोक बलेफी जलाधारमा भारी बर्षा मापन भएको छ ।
त्यहाँ ठूलो बाढी आएको छ भने जल सतहले सतर्कता बिन्दु नाघेको छ ।
जसअनुसार तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र वाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
१९ साउन २०७७, सोमवार ०७:०२ बजे प्रकाशित