राजु र विकासको जोडी सफल

काठमाडौं । आयोजक किङ कम स्पोर्ट्स क्लबका राजु रायमाझी र विकास राईको जोडीले सातौं बविन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् ।
उक्त जोडीले न्यु बानेश्वर क्लबका देवेन्द्र दुलाल र बच्चन पुर्वेको जोडीलाई २१–१०, २०–२२ र २१–१४ को सेटमा पराजित गरे । अर्को खेलमा थर्ड आई क्लबका बालकृष्ण ढुंगाना र बद्री कार्कीको जोडीले पशुपतिका राजेन्द्र कुँवर र कुमार अर्यालको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा हराए ।

१ फागुन २०७३, आइतवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु