आज सुनको मूल्य घटयो
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य घटबढ भएको छ ।
सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो ।
भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको । तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।
सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
१४ वैशाख २०७८, मंगलवार ११:४३ बजे प्रकाशित





