सप्तरीका एसपी र डीएसपीलाई कोरोना संक्रमण

सप्तरीका प्रहरी प्रमुख (एसपी) राजेन्द्र धमला र नायब उपरीक्षक (डीएसपी) तिलक भारतीलाई कोरोना संक्रमण भएको छ।

केही दिनअघि दुवैको पीसीआर परीक्षण भएको थियो। गत साता मात्र एसपी धमला प्रहरी प्रमुखका रुपमा सप्तरी पुगेका थिए।

धमलामा सामान्य लक्षण र भारतीमा कुनै लक्षण नभएको बताइएको छ।

केही दिनअघि प्रदेश-१ प्रहरी प्रमुख र प्रदेश-४ प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो।

 

२६ भदौ २०७७, शुक्रवार १३:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु