खेल क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिने
काठमाडौं, ८ फागुन । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीरबहादुर महरा, कुस्तीका सरोज यादव, धनुकाँडका प्रेमप्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङकी सरस्वती रानालगायत रहनेछन् ।
८ फागुन २०७३, आइतवार १३:१८ बजे प्रकाशित