मोरङ ११ फुटबल क्लब फाइनलमा

 

गाईघाट (उदयपुर), २ फागुन । चौथो उदयपुर रमपम फुटबल खेलअन्तर्गत आज भएको पहिलो चरणको सेमिफाइनलमा मोरङ ११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा सञ्चालन भइरहेको सो खेलमा मोरङ ११ फुटबल क्लबले सिएमसी सङ्कटा क्लब काठमाडाँैलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मध्यान्तरपछिको २४ औँ मिनेटमा मोरङका भुवन बस्नेतले पहिलो गोल गरेका थिए भने त्यसको ठीक ३ मिनेट पछाडि अर्थात् २८ औं मिनेटमा मोरङका मिक्चन तामाङले दोस्रो गोल गरेको आयोजकले जनाएको छ ।

यस्तै मध्यान्तरपछिको ३५ औं मिनेटमा सङ्कटाका तर्फबाट साजन थापाले १ गोल गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच मोरङका भुवन बस्नेत घोषित भएका छन् भने उनलाई नगद रु पाँच हजार प्रदान गरेको आयोजकले बताएको छ ।

भोलिको सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडाँै र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने छ । अन्तिम खेल फागुन ५ गते हुने गोल्डकपका संयोजक किरण राईले बताउनुभयो । रासस

२ फागुन २०७३, सोमवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु