रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि

काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । उसको यो ११ औं उपाधि हो । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।

१६ जेठ २०७३, आइतवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु