राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडी

८ असार, काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको उल्लेख गरेको छ।

‘एन्फा’ले मंगलवार औपचारिक विज्ञप्ति निकाल्दै आगामी ‘जुलाई १’ तारीखबाट सातदोबाटोस्थित ‘एन्फा कम्प्लेक्स’मा शुरू हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि अल्मुताइरीले प्रारम्भिक छनोटका लागि ५० खेलाडी बोलाएका हुन्।

राष्ट्रिय टोलीको प्रशिक्षण दुई शिफ्टमा गरिने जानकारी दिएको छ। ५० जना खेलाडीलाई दुई समूहमा बाँडेर बिहान १० बजे र बेलुकी ४ बजे गरी दुई शिफ्टमा अभ्यास गरिने जानकारी एन्फाले दिएको छ।

राष्ट्रिय टोलीले सो बन्द प्रशिक्षणमा ‘साफ च्याम्पियनशिप’ तथा चीनमा हुने ‘एएफसी एसियन कप’ प्रतियोगिताका लागि अभ्यास थाल्नेछ । बन्द प्रशिक्षणमा रन्दिप पौडेल र शिशिर लेखी पहिलोपटक टिममा बोलाएका छन्।

बन्द प्रशिक्षणको लागि बोलाइएका प्रारम्भिक टोली  (खेलाडी)

प्रारम्भिक टोलीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अविशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत छन्।

त्यस्तै, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ,  जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदाम्वे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ पनि रहेका छन्।

८ असार २०७८, मंगलवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु