गीतकार पूवाचल खादरको निधन
मलयालम फिल्मका लोकप्रिय गीतकार पूवाचल खादरको निधन भएको छ ।
कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी एक सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।
७२ बर्षका गीतकारको निधनको खबर परिवारले सार्वजनिक गरेका हुन् । सोमबार मध्यराती निधन भएका उनको आज मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ ।
गीतकार पुवाचलले ४०० भन्दा बढी मलयालम फिल्मका गीत लेखेका छन् । तीमध्ये केही अत्याधिक सुपरहिट छन् ।
८ असार २०७८, मंगलवार १३:४६ बजे प्रकाशित





