राष्ट्रिय फुटबल टोलीका सदस्यले लगाए कोरोनाविरुद्धको खोप

राष्ट्रिय फुटबल टोलीका सदस्य तथा पदाधिकारीहरूले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।

कुवेतबाट विश्वकप तथा एसियन कप छनोट खेलेर फर्किएका खेलाडीहरूलाई बिहीबार कोरोना विरुद्धको खोप लगाइएको हो ।

कुवेतमा तीन राष्ट्रहरूसँग विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणको खेल खेलेर नेपाली टोली आइतबार स्वदेश फर्किएका थिए ।

नेपाली फुटबल टोलीले २०२२ मा एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।

४ असार २०७८, शुक्रवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु