विश्वकप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

३१ जेठ, काठमाडौं । विश्वकप तथा एशियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ ।
नेपाली टोली कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन् ।
विश्वकप छनोटअन्तर्गत नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेलेका तीन खेलमध्ये चाइनिज ताइपेईलाई हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग पराजित भएको थियो ।
विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ । गएको जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो ।
३१ जेठ २०७८, सोमवार १५:१२ बजे प्रकाशित