नेपालले इण्डोनेसियालाई हरायो

jjकाठमाडौं, २० चैत । कतारमा जारी एसियन समुदाय स्तरिय फुटबल लिग प्रतियोगितामा नेपाली टिमले इण्डोनेसियालाई ६–१ ले जितेको छ । कतार फुटबल एशोसियसनद्वारा आयोजित लिग प्रतियोगितामा शुक्रबार राति दोहाको अलथुमामस्थित मैदानमा भएको खेलमा नेपालले सहज जित हात पारेको हो । खेलको २७ औं मिनेटमा गोन्बिद राईले पहिलो गोल गर्दै खाता खोलेका थिए । दोश्रो गोल ३७ औं मिनेटमा अर्जुन सुब्बाले गरेका थिए ।  नेपालमा ए डिभिजन खेलका पहिलो रोजाई खेलाडी अमिर श्रेष्ठले डिफेन्डरको घेरालाई सहज तोडेर दिएको सुन्दर पासमा राजकुमार चौधरीले ५५ औं मिनेटमा अर्को गोल थपिदिए । ६३ औं मिनेटमा टिम क्याप्टेन सुदेश श्रेष्ठले हेड गोल गरे । ६७ औं मिनेटमा पोष्ट नजिक पाएको फ्रि–किकलाई अमिर श्रेष्ठले सिधा पोस्टमा प्रहार गर्दा बलले जाली चुम्यो । नेपालले समुदायस्तरीय खेलमा इण्डोनेसियालाई पहिलोपटक हराएको हो । लिगमा १२ देश सहभागी छ । यसअघि जोर्डन र भारतबीच भएको खेल बराबरी टुंगिएको थियो ।

२० चैत २०७२, शनिवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु